+
+
Shares

‘जलविद्युत् आईपीओ निष्कासन हुनुपर्छ, तर ठगेर बदनाम गराउनु हुँदैन’

‘आईपिओ निष्कासन हुनुपर्छ । सर्वसाधारणले लगानी गर्छन्,’ उनले भने, ‘तर, ठगिखाने भाँडो बनाएर आईपीओमै बदनाम गराउनु हुँदैन । यसले आईपीओमा लगानी आउँदैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १२:१७

६ फागुनकाठमाडौ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्राथमिक सेयर (आईपीओ) जारी हुन नसक्दा समस्या भएको बताएका छन् । सार्वजनिक लेखा समितिले गरेको निर्णयमा अलमल भएको भन्दै उनले समितिमा पुनः छलफल हुने पनि बताए ।

उनले विश्वभरि नै विकास निजी क्षेत्रले गरेको बताए । ‘निजी क्षेत्र भनेको जनता हो । निजी क्षेत्रलाई प्रवर्द्धन गर्न कांग्रेसले सहयोग गर्छ,’ उनले भने, ‘तर, नियत नै ठगीको राखेर सेयर निष्कासन गर्नु हुँदैन, नियमन हुनुपर्छ।’

आईपीओ निष्कासन अवधारणा राम्रो रहेको र यसबाट सर्वसाधारणले लगानी गर्न पाउने भएकाले थप आयोजना निर्माण हुने घिमिरेले उल्लेख गरे ।

‘आईपिओ निष्कासन हुनुपर्छ । सर्वसाधारणले लगानी गर्छन्,’ उनले भने, ‘तर, ठगिखाने भाँडो बनाएर आईपीओमै बदनाम गराउनु हुँदैन । यसले आईपीओमा लगानी आउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?