
६ फागुन, काठमाडौं। भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालका बुबा सुनिल लम्सालले ओडिसा पुगेर प्रहरी अधिकारीहरुसँग भेट गरेका छन् ।
भारतमै रहेका प्रकृतिका दाइ सिद्धान्त सिग्देलले घटनाबारे छानबिन गर्न माग गर्दै प्रहरी कहाँ सोमबार बिहानै एफआईआर दिएका थिए । अपराह्न भारत पुगेर बुबा सुनिलले प्रहरीसँग भेट गरेका हुन् ।
त्यसपछि भारतको समाचार एजेन्जी एअनआईसँग कुरा गर्दै उनले पोष्टमार्टमको प्रक्रिया सुरु भएको र त्यसपछि थप विषयहरु स्पष्ट हुने बताएका छन् । ‘उनको मोबाइल, ल्यापटप, डायरी लगायत पनि फरेन्सिकले लगेको छ, त्यो रिपोर्ट आएपछि पनि के हो थाहा हुन्छ’, लम्सालले भनेका छन्, ‘अहिलेलाई हामीलाई यति सूचना छ कि उनीमाथि ह्यारेसमेन्ट र इमासनल ब्ल्याकमेलिङ भएको थियो, त्यही कारण उनले आत्महत्या गरेकी हुन् ।’
#WATCH | Bhubaneswar, Odisha: Sunil Lamsal, father of the Nepali girl student who died by suicide at KIIT University, says “We just know that an investigation is being done. The post-mortem report will come soon. We have the information that she was harassed and emotionally… pic.twitter.com/OJTEtrEFMU
— ANI (@ANI) February 18, 2025
युनिभर्सिटीका व्यक्तिहरुले आधिकारिक रुपमा केही नबताए पनि प्रहरी अधिकृतहरुले भने आफूहरुसँग राम्रो समन्वय गरेको उनले बताएका छन् । ‘हाम्रो माग न्याय पाउनुपर्यो भन्ने हो, अरू केही होइन’, उनले भने, ‘विद्यार्थीलाई पहिले आवश्यक परेका बेला बोलाउने अहिले यस्तो भयो जाउ भन्ने चाहिँ ठिक होइन, विद्यार्थीलाई त्यस्तो गर्नु भएन ।’
आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।
प्रतिक्रिया 4