+
+
Shares

के हो इलोन मस्क नेतृत्वको कार्यदक्षता विभाग ? किन कटौती गरिँदैछ धेरै सरकारी कर्मचारी ?

डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी (DOGE) नामक उक्त निकायका प्रमुख मस्कले अमेरिकी सरकारको संघीय निकायमा रहेका सरकारी कर्मचारीहरुको संख्या भारी मात्रामा कटौती गर्न सुरु गरिसकेका छन् । करदाताको पैसा खेर फाल्ने संयन्त्रहरुलाई निर्मूल पार्ने उनको योजना छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १८:१३

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका सबैभन्दा धनी व्यक्ति अर्बपति इलोलन मस्कको नेतृत्वमा एउटा सल्लाहकारी निकाय गठन गरे। उक्त निकायलाई अमेरिकाका सरकारी पदका साथै अन्य खर्चहरुमा कटौती गर्ने जिम्मेवारी दिइएको छ ।

डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी (DOGE) नामक उक्त निकायका प्रमुख मस्कले अमेरिकी सरकारको संघीय निकायमा रहेका सरकारी कर्मचारीहरुको संख्या भारी मात्रामा कटौती गर्न सुरु गरिसकेका छन् । करदाताको पैसा खेर फाल्ने संयन्त्रहरुलाई निर्मूल पार्ने उनको योजना छ ।

तर,सो सरकारी कार्यदक्षता विभागले सुरुवातमै धेरै कानुनी अड्चन, स्वार्थको द्धन्द सम्बन्धी आरोपका साथै अमेरिकी संरचनामै गम्भीर क्षति पुर्‍याउने त्रासको आरोप व्यहोरेको छ ।

ओभल अफिसमा पत्रकारहरुसँग आफ्नो कार्यको बारेमा व्याख्या गर्दै मस्कले आफ्नो योजनाको प्रतिरक्षा गरे र जबरजस्ती सरकार कब्जा गरेको विपक्षी डेमोक्रेटहरुको आरोपको पनि खण्डन गरे ।

मत सर्भेक्षण अनुसार मस्क नेतृत्वको खर्च कटौती अभियानले अमेरिकामा व्यापक जनसमर्थन प्राप्त गरेको छ ।

कार्यदक्षता विभाग के हो ?

पूरा नाम कुनै आधिकारिक सरकारी विभागको जस्तो सुनिएपनि Department of Government Efficiency कुनै आधिकारिक सरकारी विभाग होइन । किनकि अमेरिकामा कुनै सरकारी निकाय गठन गर्दा संसदले ऐन पारित गरेर गर्नुपर्छ ।

यो विभाग राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशबाट अस्तित्वमा आएको हो र यसले एउटा सल्लाहकारी निकायको रुपमा काम गर्दछ । हरेक सरकारी निकायमा यसका कम्तिमा पनि चारजना पूर्णकालीन कर्मचारी खटाइएको छ ।

ट्रम्पको कार्यकारी आदेशमा उल्लेख भए अनुसार यो विभागका काममध्ये सूचना प्रविधिलाई समुन्नत बनाएर सरकारको कार्यदक्षता अभिवृद्धि गर्नुपनि रहेको छ । यसले सन् २०२६ को जु लाई सम्ममा आफ्नो काम सक्नुपर्नेछ ।

यो विभागका कर्मचारीमध्ये अधिकांस युवा उमेरका र प्राविधिक पृष्ठभूमिका छन् ।

के ईलोन मस्क सरकारी कर्मचारी हुन् ?

हो । हुनत ईलोन मस्कले सुरुमा आफूले बाह्य स्वयंसेवीको रुपमा भूमिका निर्वाह गर्ने बताएका थिए । तर पछि ह्वाइटहाउसले भने उनले विशेष अवैतनिक सरकारी कर्मचारीको रुपमा काम गर्ने जनायो ।

वर्षमा १३० दिन वा त्यसभन्दा कम अवधि काम गर्नेलाई आधिकारिक रुपमा त्यस्तो पद प्रदान गरिन्छ ।

यो विभागका समर्थकहरुका अनुसार स्वायत्त निकायको रुपमा रहनु तथा व्यापक म्यान्डेट भएका कारणले गर्दा यसले प्रभावकारी रुपमा काम गर्न सक्नेछ ।

DOGE ले अहिलेसम्म के गर्‍यो ?

मस्कका अनुसार यो विभागको मूख्य मिसन भनेको करदाताको पैसा बँचाउनु र अमेरिकाको राष्ट्रिय ऋण घटाउनु हो, जुन अहिले ३६ ट्रिलियन डलर छ ।

सुरुमा उनले वार्षिक २ ट्रिलियन डलरसम्म रकम बँचाउन सकिने अपेक्षा गरेका थिए, तर पछि उक्त प्रक्षेपण घटाए ।

आफुले कर्मचारीतन्त्रको निरंकुशताको अन्त्य गर्न चाहेको भन्दै उनले कर्मचारीतन्त्र ट्रम्पको एजेन्डाको विरुद्धमा काम गरिरहेको सरकारको चौथो हाँगा भएको बताएका छन् ।

यो विभागले अहिलेसम्म कति खर्च कटौती गर्यो भन्ने प्रष्ट तथ्यांक आएको छैन । तथापि यो विभागको एक्स अकाउन्टमा नियमित रुपमा यसका कार्यहरुको बढाईचढाई विवरण दिने गरिएको छ । जसमध्ये मूख्य काम यस्ता छन् :

  • विभागका प्रतिनिधिहरु खर्चको अनुगमनका लागि विभिन्न विभागमा प्रवेश गरेको। उनीहरुले विभिन्न ठगी तथा धोकाधडी पत्ता लगाएको ट्रम्पको दाबी।
  •  विविधता, समता र समावेशीता (डिइआई) करारहरुमा भएको १ अर्ब डलर भन्दा धेरै करदाताको पैसा आफुले जोगाएको मस्कको दाबी ।
  •  अमेरिकी सहयोग नियोग युएसएड बन्द गर्ने निर्णय ।
  •  करिब २० लाख सरकारी कर्मचारीहरुको रहेको कर्मचारीतन्त्रमा संख्या कटौती गर्ने योजना अघि बढाउनु ।
  • उपभोक्ता वित्तीय सुरक्षा ब्युरो बन्द गर्ने प्रयास ।

के छ अमेरिकीहरुको धारणा ?

मस्क नेतृत्वको सरकारी कार्यदक्षता विभागले आम जनताबीच व्यापक लोकप्रिय समर्थन हासिल गरेको छ । बीबीसीको अमेरिकी साझेदार सिबिएसले गरेको मत सर्भेक्षण अुनसार यो विभागको कामलाई बहुमत अमेरिकीहरु र खासगरी रिपब्लिकन मतदाताहरुले समर्थन गरेका छन् ।

अमेरिकामा स्थायी सरकारी कर्मचारीहरुको संख्या २० लाख भन्दा धेरै छ । बाइडेन प्रशासनले पूर्वाधार परियोजनाको लगानी उल्लेख्य मात्रामा बढाएसँगै सन् २०२३ मा त्यहाँ सरकारी कर्मचारीको वृद्धि सबैभन्दा उच्च भएको थियो ।

तर डेमोक्रेट तथा सरकारी वाचडगहरुले भने यो विभागले अपारदर्शी रुपमा काम गरिरहेको र सरकारी खर्चका विषयमा गलत सूचना फैलाइरहेको आरोप लगाएका छन् । साथै जनताबाट अनिर्वाचित मस्कले आफ्नो अधिकारको दुरुपयोग गरिरहेको उनीहरुको टिप्पणी छ ।

साथै कतिपयले अमेरिकी सरकारको अर्बौँ डलरको ठेक्का आफ्ना कम्पनीसँग रहेको अवस्थामा मस्कले ट्रम्प प्रशासनमा पाएको महत्वपू र्ण जिम्मेवारीले स्वार्थको द्धन्द सिर्जना भएको बताएका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्प र कार्यदक्षता विभाग प्रमुख एलन मस्कले स्वार्थको द्धन्द सिर्जना नहुने जिकिर गर्दछन्। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?