
काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी इन्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी सिरिजका नवीनतम एक्स्काभेटर जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्स्काभेटर सार्वजनिक गर्ने भएको छ।
ललितपुरको झम्सिखेल स्थित द प्लाजामा आयोजना हुने सार्वजनिक कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका ग्राहक र डिलरसहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहने कम्पनीले जनाएको छ ।
कार्यक्रममा मेसिनहरूको विशेष प्रस्तुतीकरण रहने छ भने उक्त प्रदर्शनी पश्चात् जेसीबी एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिने कार्यक्रम रहेको छ।
कार्यक्रममा जेसीबी इन्डियाका सीईओ तथा एमडी दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णु अग्रवालको विशेष सहभागिता रहने छ ।
‘लिडर इन एक्साभेटर’ भन्ने थिममा आधारित रहने शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारका लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने जेसीबीको प्रतिबद्धतालाई प्रकाश पार्ने कम्पनीको भनाइ छ ।
जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यहरूमा प्रभावकारी कार्य गर्नेछ भने जेसीबी एनएक्सटी २२५ एलसीएम एलसीएम ट्र्याक्ड एक्साभेटरले उत्पदकत्त्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्नेछ ।
यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत् र सहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन व्यापक सहयोग गर्नेछ ।
जेसीबी एनएक्सटी शृंखलाको यो सुरुवात नेपालको निर्माण उद्योगलाई अत्याधुनिक मेसिनरी आपूर्ति गर्ने जेसीबीको समर्पणमा प्राप्त उपलब्धिको ताजा उदाहरणको रूपमा दरिने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4