+

एकदिवसीय क्रिकेटमा अमेरिकाको कीर्तिमानी जित, तोडियो ४० वर्षको रेकर्ड

२०८१ फागुन  ६ गते १९:५४ २०८१ फागुन ६ गते १९:५४
एकदिवसीय क्रिकेटमा अमेरिकाको कीर्तिमानी जित, तोडियो ४० वर्षको रेकर्ड

६ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकाले कीर्तिमानी जित हासिल गरेको छ । मंगलबार भएको खेलमा अमेरिकाले सबैभन्दा कम योगफल डिफेन्ड गर्दै ‌ओमानलाई हरायो ।

अमेरिकाले ओमानविरूद्ध १२२ रनको योगफल डिफेन्ड गरेको हो । जवाफी ब्याटिङ गरेको ओमान ६५ रनमै अलआउट भयो । ओमानलाई सस्तैमा समेट्न अमेरिकाका नोसथुस केन्जिगेले ७.२ ओभरमा ११ रन दिएर ५ विकेट लिए ।

यो एकदिवसीय क्रिकेटमा कुनै पनि ओभर नघटाइकन पूरै ५० तोकिएको खेलमा सबैभन्दा कम योगफल डिफेन्ड भएको कीर्तिमान हो ।

यसअघि सन् १९८५ मा भारतले पाकिस्तानविरूद्ध रथम्यान्स कपमा १२५ रनको स्कोर डिफेन्ड गरेको थियो । अमेरिकाले ४० वर्ष पुरानो रेकर्ड तोडेको हो ।

त्यसैगरी खेल अवधिभर दुवै टोलीले कुल ९ बलर प्रयोग गरेका थिए जसमा सबै बलर स्पीनर रहे । यो पनि एकदिवसीयमा पूर्ण भएका खेलमा फास्ट बलर प्रयोग नभएको पहिलोपटक हो ।

नेपालसहित ८ टिम सम्मिलित लिग २ क्रिकेटमा‌ अमेरिका १६ खेलमा २२ अंकसहित शीर्ष स्थानमा छ । नेपाल भने १२ खेलमा ६ अंकसहित सातौं स्थानमा छ ।

आईसीसी लिग २

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय