+
+
Shares

दुई दलीय व्यवस्थाको वकालत गरेको छैन : पोखरेल

एमाले महासचिव शंकर पोखरेलले भने, ‘म दल निषेधको पक्षमा कहिल्यै थिइनँ । मैले बलिया दुई राजनीतिक दल भए मात्रै अस्थिर राजनीतिको अन्त्य हुन्छ र स्थायी सरकार बनाउन सकिन्छ भन्ने धारणा राखेको हुँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १६:०६

७ फागुन, दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले कहिले पनि दुई दलीय व्यवस्थाको वकालत नगरेको बताएका छन् ।

पछिल्ला केही महिनादेखि सार्वजनिक कार्यक्रमहरूमा उनले साना साना दलका कारण सरकार अस्थिर बन्न पुगेको दावी गर्दै आएका थिए ।

एमालेको वडाकेन्द्रित अभियान शुभारम्भ गर्न बुधबार कपिलवस्तु पुगेका महासचिव पोखरेलले आफूले दल खोल्दै प्रतिबन्ध लगाउनुपर्ने कुरा नगरेको बताए ।

‘मैले बलिया दुई राजनीतिक दलको वकालत गर्दा दल खोल्न प्रतिबन्ध लगाउन खोजेको आरोप खेप्नुपर्‍यो,’ उनले भने, ‘म दल खोल्न निषेधको पक्षमा कहिल्यै थिइनँ । मैले बलिया दुई राजनीतिक दल भए मात्रै अस्थिर राजनीतिको अन्त्य हुन्छ र स्थायी सरकार बनाउन सकिन्छ भन्ने धारणा राखेको हुँ ।’

उनले थ्रेसहोल्डको प्रतिशत बढाउनु पर्ने धारणा दोहोर्‍याए । ‘जनताको बिचमा गएर चुनाव जितेर आउनेलाई सत्ता चलाउन कसैले बन्देल लगाउन सक्दैन । अब राजनीतिक खुद्रा पसल भने आवश्यक छैन,’ महासचिव पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?