+
+
Shares

जमलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री अम्बरबहादुर बोगटीको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १६:१३

७ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका–१ जमलस्थित विश्वज्योति हलअगाडि बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५६ वर्षीय अम्बरबहादुर बोगटी छन् । ओखलढुंगा घर भई काठमाडौं डल्लु बस्दै आएका बोगटीलाई मंगलबार बा. ५ख ८७६१ नम्बरको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसका चालकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?