+
+
Shares

विदेश पठाउने नाममा ७४ लाख ठगी, दुई पक्राउ

सिंगापुर पठाइदिन्छु भन्दै सरन थापाले १३ जना पीडितहरूबाट ७१ लाख १९ हजार रूपैयाँ र चेक रिपब्लिक पठाइदिन्छु भन्दै मिकेश सुवेदीले एक जनाबाट दुई लाख ५० हजार रूपैयाँ लिई ठगी गरेको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १६:२८

७ फागुन, काठमाडौं । वैदेशिक रोजगारीका लागि सिंगापुर र चेक रिपब्लिक पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई काठमाडौं लाजिम्पाट बस्दै आएका ३७ वर्षीय सरन थापा र इलामको सूर्योदय नगरपालिका–२ घर भइ पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये सरनले सिंगापुर पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ७१ लाख १९ हजार रूपैयाँ र मिकेशले चेक रिपब्लिक पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाख ५० हजार रूपैयाँ लिई ठगी गरेको आरोप छ ।

पक्राउ परेकाहरूलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?