+
+
Shares

एकीकृत समाजवादीको निष्कर्ष : अध्यादेशले भूमाफियालाई मात्रै फाइदा पुग्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १८:०८

७ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसद्‍मा विचाराधीन अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष निकालेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा बसेको पोलिटब्यूरोको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले संसद् अधिवेशनको संघारमा संसद्‍लाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको बताएको छ ।

संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानुन, संसद् नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत भएको निष्कर्ष निकालेको छ ।

‘अध्यादेशका अन्तरवस्तु पनि गलत र हानिकारक छन् । अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष सहित अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा हाम्रो पाटीको असहमति र विरोध छ’ पार्टीको निर्णय छ ।

यो पृष्ठभूमि राखेर एकीकृत समाजवादीले संसद्‍मा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?