
६ फागुन, काठमाडौं । नेपाल स्रष्टा समाजले ‘रेखा-पवन स्रष्टा सम्मान’ वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई प्रदान गर्ने निर्णय गरेको छ । समाजको बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।
नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समय योगदान पुर्याएवापत रिजाललाई सम्मान गर्न लागिएको समाजले जनाएको छ । ‘नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएकोले उहाँलाई स्रष्टा सम्मान गर्न लागिएको हो,’ समाजको विज्ञप्तिमा उल्लेख छ ।
यस पटकको रेखा-पवन स्रष्टा सम्मानको लागि साहित्यकार रोचक घिमिरेको संयोजकत्वमा नाम सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले सिफारिस गरेको नामलाई नेपाल स्रष्टा समाजको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेको समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले जानकारी दिए ।
राशि १ लाख १ सय ११ रुपैयाँ राशिको सम्मान आगामी फागुन २४ गते काठमाडौँमा समर्पण गरिने समाजले जनाएको छ।
प्रतिक्रिया 4