८ फागुन, काठमाडौं । दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसपको अवसरमा चर्चित ब्याण्ड कबवेब देखि कुमार सागरसम्मका चर्चित कलाकारहरुले प्रस्तुती दिने भएका छन् ।
ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा च्याम्पियनसिपको अन्तिम चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् । फागुन ८ देखि १० गतेसम्म त्रिपुरेश्वरस्थित राखेपक कभर्डहलमा हुने च्याम्पियनसिपको दौरान तीनै दिन राखेप हातामा कलाकारहरुले सांगितिक प्रस्तुती दिनेछन् ।
पहिलो दिन बिहीबार चर्चित ब्वाण्ड कबवेबसहित ग्रन्चिज र एसटी ट्रिओले प्रस्तुती दिने च्याम्पियनसिपको व्यवस्थापक नेपाल प्लेजले जनाएको छ ।
यसैगरी दोस्रो दिन फागुन ९ गते रकहेड्स र दी एलेमेन्ट ब्याण्ड तथा वाङ्गदेन शेर्पाको प्रस्तुती रहनेछ । फागुन १० गते अन्तिम दिन अहिलेका चर्चित गायक कुमा सागर एण्ड ख्वपा ब्याण्डसहित पहेँलो बत्तिमुनी ब्याण्डले प्रस्तुती दिनेछ । यस्तै र्यापर यबेश, भेक र दोङको प्रस्तुती पनि रहनेछ ।
ई-स्पोर्ट्स प्रतिस्पर्धालाई अझ रोमाञ्चक बनाउने उद्देश्यका साथ अन्तिम राउण्डका विभिन्न कलाकारहरुको प्रस्तुति राखिएको आयोजकले जनाएको छ ।
दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा ई-फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई-स्पोर्टको ६ विधामा प्रतिस्पर्धा हुनेछ ।
ई-स्पोर्ट्स च्याम्पियनसिप खेल मात्र नभई ई-स्पोर्ट्स संस्कृतिको भव्य उत्सव पनि हुने र यसमा सांगितिक कार्यक्रममार्फत दशर्कहरुलाई मनोरञ्जन दिने उद्देश्य समेत रहेका व्यवस्थापक नेपालप्लेजका एमडी उज्जेनलाल श्रेष्ठले जानकारी दिए ।
यस्तै प्रतियोगिताको दौरान कभर्डहल बाहिर सांगितिक कार्यक्रमका साथै दर्शकका लागि फुट स्टलहरु, फन गेम्स र इन्टर्याक्टिभ एक्टिभिटिज गर्ने अनी विभिन्न उपहार तथा सरप्राइज गिभअवेहरु प्रदान गरिने समेत आयोजकले जनाएको छ ।
छनोट चरण, समूह चरण र प्लेअफका खेलहरु अनलाइनमा सञ्चालन गरिएको थियो भने अन्तिम चरणका खेलहरु भने भौतिक रुपमा (ल्यान इभेन्ट) गर्न लागिएको हो ।
प्रतिक्रिया 4