+
+
Shares

हनुमानढोकामा एक व्यक्ति मृत फेला, हत्या आशंकामा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १२:१७

८फागुन, काठमाडौं । हनुमानढोका एक जना व्यक्ति मृत फेला परेका छन् । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि पुरुष व्यक्तिको शव भेटिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराकाअनुसा अन्दाजी ३०/३५ वर्षका पुरुषको शव बिहीबार बिहान भेटिएको हो । उनको वतनसमेत अहिलेसम्म खुलेको छैन । शवको प्रकृति हेर्दा हत्याजस्तो देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अहिले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको एक अधिकृतले बताए । ‘प्रारम्भिक अनुसन्धानको क्रममा हत्याजस्तो देखिन्छ, दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं’, एक अनुसन्धान अधिकृतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?