+
+
Shares

चाँगुनारायण घटना : हत्या दाबी गर्दै मृतकका साथीविरुद्ध परिवारले दिए जाहेरी

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १४:३९

८ फागुन, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत भेटिएका किशोरको हत्या भएको दाबी गर्दै परिवारले जाहेरी दिएका छन् ।

मृतक १९ वर्षीय किशोर निरोज लामाको परिवारले जिल्ला प्रहरी परिसर भक्तपुरमा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका हुन् । उनीहरूले निरोजकै साथी २१ वर्षीय बादल लामाविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

परिसरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानले जाहेरी आएको पुष्टि गरे । ‘ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी आएको छ । अब म्याद लिएर अनुसन्धान गछौं,’ डीएसपी नेउपानेले अनलाइनबरसँग भने ।

यद्यपी निरोजको हत्या हो/होइन अहिलेसम्म यकिन हुन नसकेको प्रहरीको भनाइ छ । पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै रहेकाले निरोज मृत्युको कारण खुल्न बाँकी नै रहेको उनले बताए ।

प्रहरीका अनुसार निरोज ६ फागुनको गएराति बादलको घरमा गएका थिए । उनीहरू छुट्टाछुट्टै कोठामा सुतेको प्रहरीको भनाइ छ ।

भोलिपल्ट मंगलबार दिउँसो ३ बजेसम्म पनि निरोज नउठेपछि बादल बोलाउन जाँदा अचेत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । प्रहरीको टोली घटनास्थलमा पुग्दा निरोज मृत भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?