+
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता :

पहिलो हाफमा नेपाललाई अग्रता

२०८१ फागुन  ८ गते १८:४९ २०८१ फागुन ८ गते १८:४९

कर्नरबाट आएको बलमा साम्बाले गरेको बल डिफेन्डरमार्फत डिफ्लेक्ट भएर गोल भएको थियो ।

पहिलो हाफमा नेपाललाई अग्रता

८ फागुन, काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा बिहीबार नेपाल र लेबनानबीच खेल भइरहेको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म नेपाल एक गोलले अगाडि छ । पहिलो हाफको अन्त्यतिर नेपालले गोल गरेको हो ।

सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो । यीबाहेक दुवै टोलीले पहिलो हाफमा गोल गर्ने थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् ।

१०औं मिनेटमा लेबनानकी क्रिस्टी मालोफको प्रहार एन्जिलाले बचाइन् । ११औं मिनेटमा नेपालका लागि बिमला चौधरीले गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो ।

१३औं मिनेटमा लैला इस्कन्दरले दुईपटक गोलरक्षक बिट गरिसकेको अवस्थामा गोल गर्न चुकिन् । १५औं मिनेटमा प्रीति राईको प्रहार पोस्टको केही माथिबाट बाहिरियो ।

१७औं मिनेटमा रेखा पौडेलले सबिता रानामगरको क्रसमा हेडर मिस गरेकी थिइन् । २३औं मिनेटमा साम्बाको प्रहार पोस्टको वाइड गयो । २६औं मिनेटमा बिमला चौधरीको हेडर फितलो रहँदा लगत्तै ओपन चान्समा रेखाले बल भेटाउन सकिनन् । त्यसलगत्तै फेरि साम्बाको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३१औं मिनेटमा लेबनानले पनि अर्को मौका गुमायो । थ्रु मार्फत आएको उत्कृष्ट पासलाई लेला इस्कन्दरले सदुपयोग गर्न सकिनन् । ३७औं मिनेटमा क्रिस्टी मालुफको प्रहार साइड नेटिङ हुन पुग्यो ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय