+
+
Shares

हनुमानढोका हत्या प्रकरणमा दुई नाबालकको बयान- बाँसको भाटाले टाउकोमा हान्यौं

हत्या भएका व्यक्तिको पहिचान खुल्यो, पक्राउ परेकाविरुद्ध ४ दिन म्याद थप

पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका एसपी अपिलराज बोहोराले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १८:४६

८ फागुन, काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि हत्या भएका पुरुष व्यक्तिको सनाखत भएको छ । उनी ललितपुरको कार्यविनायक घर भएका २८ वर्षीय सुसन शाक्य रहेको खुलेको छ ।

हत्या आरोपमा जिल्ला प्रहरी परिसरले दुई जनालाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका एसपी अपिलराज बोहोराले बताए ।

प्रहरीले पक्राउ गरेका दुई जना नाबालक छन् । जसकारण उनीहरूको परिचय गोप्य राखिएको छ ।

बिहानीपख शव फेला परेको भन्दै प्रहरीलाई खबर आएपछि परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको थियो । सो क्रममा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो ।

सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्ति पहिचान गरी प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनाले हत्या स्वीकार गरेको परिसरका एक अधिकृतले बताए ।

ती अधिकृतका अनुसार पक्राउ परेकाहरूले बाँसको भाटाले टाउकोमा हानेर हत्या गरेको बयान दिएका छन् । उनीहरूले हत्यामा प्रयोग गरेको बाँस पनि फेला परेको छ ।

पक्राउ परेकाहरूको भनाइ अनुसार घटना बुधबार रातिको हो । मन्दिर अगाडि बसिरहेको अवस्थामा मृतक युवकले विना कारण थप्पड हानेपछि आफूहरूले पनि बाँसको भाटाँले हानेको आरोपितको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?