+
+
Shares

बेलुनमा हावा भर्ने कमलेशलाई दैनिक हाजिरी जमानीमा छाड्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १९:०९

८ फागुन, पोखरा । बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कमलेश कुमारलाई दैनिक हाजिरी जमानीमा छाड्न आदेश भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई दैनिक हाजिरमा उपस्थित हुने गरी छाड्न आदेश दिएको हो । उनी अहिले जिल्ला प्रहरी कार्यालयकै हिरासतमा छन् ।

आदेशसँगै उनलाई प्रहरीले प्रक्रिया पूरा गरेर छाड्ने तयारी गरेको छ ।

३ फागुनमा पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा ल्याइएको बेलुन उनै कमलेशले बेचेका थिए ।

बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट आएको आगोको झिल्को लागेर विस्फोट भएको थियो ।

हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन उडाउने क्रममा विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए ।

यो घटना छानबिन गर्नका लागि भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति पनि बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?