+

सुदूरपश्चिम गौरीगंगा फुटबल प्रतियोगिताको सेमिफाइनलमा

२०८१ फागुन  ८ गते २१:४८ २०८१ फागुन ८ गते २१:४८
सुदूरपश्चिम गौरीगंगा फुटबल प्रतियोगिताको सेमिफाइनलमा

८ फागुन, काठमाडौं । मधेश प्रदेशको नव जागृति यसथ क्लबमाथि एकपक्षीय निकाल्दै सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसन जय पृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

कैलालीको धनगढीस्थित गौरीगंगा ११ स्पोर्ट्स क्लबको मैदानमा बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिम ४–० ले विजयी भएको हो। योसँगै सुदूरपश्चिमले अब फाइनल प्रवेश गर्न कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। कर्णालीले बुधबार आयोजकलाई ३–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ।

सुदूरपश्चिमलाई जित दिलाउन श्याम बियाडीले दुई गोल गरे। कमल देउवा र हरिष भट्टले एक/एक गोल गरे। खेलको सुरु भएको आठौं मिनेटमै कमलले सुदूरपश्चिमलाई सुरुआती अग्रता दिलाएका थिए। १९औं मिनेटमा हरिषले अर्को गोल थपे।

पहिलो हाफमा दुई गोल गरेको सुदूरपश्चिमले अर्को हाफमा पनि समान गोल थप्यो। दोस्रो हाफमा भने श्याम हाबी भए। श्यामले ४८ र ६०औं मिनेटमा गोल गरेका हुन्।

गौरीगंगा फुटबल प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय