+

के वान युथ लिगमा एरिकाले जितिन् रजत

२०८१ फागुन  ९ गते ८:५२ २०८१ फागुन ९ गते ८:५२
के वान युथ लिगमा एरिकाले जितिन् रजत

९ फागुन, काठमाडौं । नेपाली कराते स्टार खेलाडी खेली एरिका गुरुङले बिहीबार युएईमा के वान युथ लिग कराते प्रतियोगिता रजत पदक जितेकी छिन् ।

दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा उपविजेता हुँदै रजत जितेकी हुन् । १९औं एसियन गेम्स र एसियन च्याम्पियनसिपकी समेत रजत विजेता रहेकी एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन् ।

त्यसअघि एरिकाले पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, क्वाटरफाइनलमा काजाकास्तानी खेलाडीलाई ४-१ र सेमिफाइनलमा टर्कीएकी खेलाडीलाई ५-२ ले पराजित गर्दै फाइनल प्रवेश गरेकी थिइन् ।

एरिमा एसियन गेम्स र एसिपयन च्याम्पियनसिप करातेमा रजत पदक जित्ने एक्लो नेपाली खेलाडी हुन् ।

के वान युथ लिगमा ८७ राष्ट्रका २ हजार ३ सय ८२ खेलाडीको सहभागिता रहको छ । एरिकाले प्रतिस्पर्धा गरेको इभेन्टमा १४ राष्ट्रका १८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

के वान युथ लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय