+

झापा एफसीको नयाँ लोगो सार्वजनिक

२०८१ फागुन  ९ गते १२:०६ २०८१ फागुन ९ गते १२:०६
झापा एफसीको नयाँ लोगो सार्वजनिक

९ फागुन, काठमाडौं ।  नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली झापा एफसीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।

एनएसएलको तेस्रो सिजन खेल्ने तयारीमा रहेको झापाले यसअघिको लोगोलाई अझ परिस्कृत गर्दै नयाँ सिजनका लागि नयाँ लोगो सार्वजिनक गरेको हो ।

झापा एफसीका अनुसार गाढा निलो सतहमा तयार पारिएको नयाँ लोगोले क्लबको महत्व, विरासत र लक्ष्यलाई दर्शाएको छ ।

लोगोको बीचमा यसअघिकै हात्तीलाई निरन्तरता दिइएको छ । तर हात्तीको चिन्ह र पृष्टभूमिको रङमा भने फरक छ । यसअघि निलो रङ रहेकोले नयाँ लोगोमा सेतो रङमा हात्ती रहेको छ ।

क्लबले सम्बन्धित सबै सरोकारवालाई नयाँ लोगो प्रयोग गर्न अनुरोध समेत गरेको छ ।

झापा एपसीले तेस्रो सिजनका लागि मुख्य प्रशिक्षकमा प्रवेश कटुवाललाई अनुबन्ध गरिसकेको छ भने डिफेण्डर छिरिङ लामा र मिडफिल्डर प्रशान्त लक्षमलाई रिटेन गरिसकेको छ ।ऽ

झापा एपसीसहित सात टिमले एनएसएलको तेस्रो संस्करणमा प्रतिस्पर्धा गर्नेछन् ।

चैत १६ गतेदेखि सुरु हुने एनएसएलको लागि खेलाडी अक्सन फागुन १० गते हुँदैछ ।

झापा एफसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय