+
+
Shares

‘जेम्स बन्ड’ फिल्मको स्वामित्व हलिउड स्टुडियो अमेजन एमजीएमले किन्यो

विश्वको सबैभन्दा लोकप्रिय फिल्म श्रृंखला ‘जेम्स बन्ड’को सर्वाधिकार एउटा परिवारभित्र सीमित थियो । तर, विहीबार भएको एक ऐतिहासिक सम्झौताले यो चर्चित फिल्मको स्वामित्व हलिउड स्टुडियो अमेजन एमजीएम मातहत ल्याएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १३:१९

काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय फिल्म श्रृंखला ‘जेम्स बन्ड’को सर्वाधिकार एउटा परिवारभित्र सीमित थियो । तर, विहीबार भएको एक ऐतिहासिक सम्झौताले यो चर्चित फिल्मको स्वामित्व हलिउड स्टुडियो अमेजन एमजीएम मातहत ल्याएको छ ।

सम्झौतापछि भेराइटी म्यागेजिन लेख्छ, ‘ऐतिहासिक सम्झौतापछि लोकप्रिय श्रृंखलाले नयाँ आकार र दिशा पाएको छ ।’

सम्झौताको एक हिस्साको रुपमा बन्ड श्रृंखलाका संरक्षकहरू बारबरा ब्रोकोली र माइकल जी विल्सनले अमेजन एमजीएमसँग सम्झौता गरेका छन्, जसले रचनात्मक नियन्त्रण दोस्रो पक्षलाई सुम्पिएको छ ।

‘००७ कोड’ले चर्चित जेम्स बन्ड श्रृंखलाको निर्माताको रुपमा अमेजन एमजीएमको प्रवेशपछि हलिउड आश्चर्यचकित बनेको छ । यो फिल्मको पछिल्लो श्रृंखला ‘नो टाइम टु डाई’ सन् २०२१ मा रिलिज भएको थियो । जेम्स बन्डको रुपमा यो फिल्म ड्यानियल क्रेगको अन्तिम थियो ।

नयाँ जेम्स बन्डको भूमिकाका लागि त्यसयता अभिनेताको खोजी भैरहेको छ । अभिनेता क्रेगले जेम्स बन्डको रुपमा ५ श्रृंखलामा काम गरेका थिए । स्रोतका अनुसार नयाँ श्रृंखलाका लागि कथा र निर्देशकको टुंगो लागिसकेको छैन । ४ वर्षअघि अमेजनले ८.५ बिलियन डलरमा एमजीएम स्टुडियो किनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?