+
+
Shares

भारतबाट सेतो अन्डा तस्करी, नेपाली अन्डाको मूल्य घट्यो

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपाली बजारमा विशेष गरी सीमा जोडिएका बजारमा नेपाली अन्डा बिक्री हुन छाडेपछि किसानले भाउ घटाउन परेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १४:०३

९ फागुन, काठमाडौं । भारतीय अन्डा अवैध रूपमा आयात भएपछि नेपाली कुखुरा किसानले अन्डाको मूल्य घटाएका छन् । नेपाल लेयर्स कुखुरा पालक संघको बिहीबार बसेको बैठकले अन्डाको भाउ घटाउने निर्णय गरेको हो ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपाली बजारमा विशेष गरी सीमा जोडिएका बजारमा नेपाली अन्डा बिक्री हुन छाडेपछि किसानले भाउ घटाउन परेको हो ।

‘अहिले बजारमा ३० प्रतिशत अन्डा भारतबाट तस्करी भएर आएको छ । हामीले लागत मूल्यमा बेच्दा पनि बजार पाउने स्थिति छैन । खुल्ला सिमाना र अनुगमन फितलो हुँदा नेपाली किसानहरू मारमा परेका छन्,’ अध्यक्ष पोखरेलले अनलाइनखबरसँग अन्डाको मूल्य घटाउनुको कारणबारे भन्दै गुनासो गरे ।

संघका अनुसार यसअघि २१ माघमा ठूलो अन्डा मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ थियो भने आजबाट ३७० रुपैयाँ प्रतिक्रेट पर्ने छ । यस्तै, ३८५ रुपैयाँ प्रतिक्रेट रहेको मिडियम अन्डाको मूल्य अब ३५० रुपैयाँ प्रतिक्रेट पर्ने भएको छ ।

दुई दिनअघि सुनसरीको कोशी गाउँपालिकामा बर्ड फ्लू पुष्टि भए पनि नियन्त्रणमा आइसकेकोले त्यसको असर नपरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?