+
+
Shares

नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

चितवनको भरतपुर महानगरपालिका-३ पुलचोक स्थित नारायणी नदीको पुलबाट हामफालेका एक व्यक्ति सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १६:५५

९ फागुन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-३ पुलचोक स्थित नारायणी नदीको पुलबाट हामफालेका एक व्यक्ति सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

भरतपुर महानगर-२ आँपटारी बस्ने ७९ वर्षीय खिला शर्मा अधिकारी शुक्रबार पुलबाट नारायणी नदीमा हामफालेका थिए ।

चितवनस्थित १७ नम्बर गणबाट खटिएको इमिडियट रेस्पोन्स टिम ( आईआरटी ) ले उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उद्धार गरिएका अधिकारीलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?