
१० फागुन, जनकपुरधाम । चिकित्सकको राष्ट्रिय सम्मेलन सुरु भएको छ । स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने उद्देश्यले जनपुरधाममा शनिबारबाट सम्मेलन सुरु भएको हो ।
विशेषज्ञ चिकित्सकहरूको छाता सङ्गठन सिमोनद्वारा आयोजित सम्मेलन वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्रले उद्घाटन गरे । सिमोनको आयोजना र मधेस प्रदेश च्याप्टरको स्थानीय सहयोगमा सुरु सम्मेलन आइतबार समापन हुनेछ ।
सम्मेलनले चिकित्सकहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्ने बताइएको छ । सम्मेलनमा देशभरका चार सयभन्दा बढी विशेषज्ञ फिजिसियन चिकित्सक सहभागी छन् । सम्मेलनमा ५० कार्यपत्र र १५ वटा शोधपत्र प्रस्तुत हुने सिमोनका मधेश प्रदेश च्याप्टरका सचिव रमण मिश्रले जानकारी दिए ।
सम्मेलनमा नेपाल भरिका चिकित्सकले तयार गरेको शोधपत्र र नयाँ अनुसन्धानको प्रस्तुतीकरण हुने तथा यसले चिकित्सकको ज्ञानमा अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ ।
सिमोनको छैटौं राष्ट्रिय सम्मेलनले चिकित्सकको बीचमा विचार विनिमयको अवसर सिर्जना गर्ने र चिकित्सकीय अनुसन्धानमा नयाँ सोच ल्याउने सिमोनका मधेश प्रदेश च्याप्टरका अध्यक्ष चिकित्सक कूलदीप पण्डितले जानकारी दिए ।
प्रतिक्रिया 4