१० फागुन, काठमाडौं । होरा इस्पोर्ट्सले दोस्रो इस्पोर्ट्स राष्ट्रिय च्याम्पियन्सिपमा पब्जी मोबाइबलतर्फको उपाधि जितेको छ । शनिवार सम्पन्न पब्जी मोबँइल नेसनल च्याम्पियनसिपतर्फ १५ टोलीलाई पछि पार्दै हवरा च्याम्पियन बनेको छ ।
च्याम्पियन होराले १२२ अंक जोड्दा दोस्रो भएको टि टु के एक अंकले पछि पर्यो । टि टु के ले १२१ अंक जोडेको थियो । यस्तै दाई इस्पोर्ट्स तेस्रो, होइन इ स्पोर्ट्स चौथो र डिआरएस गेमिङ पाँचौ भयो ।
कूल प्राइज राशी २५ लाख रहेको पब्जीतर्फ १० लाख १० हजार पुरस्कार थियो । जसमा विजेता होरा इस्पोर्ट्सले नगद २ लाख ५० हजार प्राप्त गर्यो । यस्तै दोस्रो भएको टि टु केले १ लाख ८० हजार तथा तेस्रो भएको दाई इस्पवर्ट्सले १ लाख २० हजार पायो । अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउनेछन् ।
इ स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा यही फागुन ८ देखि १० गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको इ स्पोर्ट्स नेशनल च्याम्पियनसिपमा पब्जीसहित विभिन्न ६ विधामा प्रतिस्पर्धा गराइएको थियो ।
दोस्रो इ स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा ई-फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई-स्पोर्टको ६ विधामा प्रतिस्पर्धा गराइएको थियो । साथै कबवेब देखि कुमा सागरसम्मको सांगितिक प्रस्तुती समेत रहेको थियो ।
प्रतिक्रिया 4