+

नेपाल र म्यानमार खेल्दै, फाइनलअघि कमजोरी सुधार्ने मौका

२०८१ फागुन  ११ गते ७:४६ २०८१ फागुन ११ गते ७:४६
नेपाल र म्यानमार खेल्दै, फाइनलअघि कमजोरी सुधार्ने मौका

११ फागुन, काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन् । त्यसकारण यस खेल फाइनलअघिको वार्म-अप सरह हुनेछ ।

म्यानमारले लेबनानलाई ३-१ तथा कीर्गिस्तानलाई ५-० गोलअन्तरले हराएको थियो भने नेपालले लेबनान र कीर्गिस्तान दुवैलाई समान १-० गोलअन्तरले हराएको थियो ।

नेपालका प्रशिक्षक राजेन्द्र तामाङले यस खेलका लागि म्यानमारको टोलीको रणनीति बुझेर त्यसैअनुसार फाइनलको योजना बनाउन सहज हुने बताएका छन् ।

नेपालले यसअघिका दुई खेलमा विपक्षीलाई जम्मा एक गोलले मात्र हराएको थियो । फिनिसिङमा कमजोर देखिएको नेपालका लागि फाइनलमा उही टोद्यीसँग खेल्नुअघि यो खेल राम्रो तयारी हुन सक्छ ।

नेपाल र म्यानमारबिच हालसम्म ३ खेल भएको छ जसमा एक बराबरी खेल्दा दुई खेलमा नेपाल पराजित भएको थियो । म्यानमारले ७ गोल गर्दा नेपालले जम्मा २ गोल मात्र गरेको छ ।

सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३-० ले पराजित भएको थियो भने फाइनलमा ३-१ ले पराजित भएको थियो । त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एएफसी क्वालिफाइङ राउण्ड वानमा नेपालले म्यानमारसँग १-१ को बराबरी खेलेको थियो ।

त्यसअघि आजै लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दशरथ रंगशालमै दिउँसो २ बजे सुरु हुनेछ । यसअघिका दुवै खेलमा पराजित भएका लेबनान र कीर्गिस्तानका लागि यो खेल सान्त्वना जितको पनि अवसर हुनेछ ।

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय