११ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र एट्लेटिको मड्रिडले जित निकालेका छन् । बार्सिलोनाले लस पाल्मास तथा एट्लेटिकोले भ्यालेन्सियालाई हराएका हुन् ।
पाल्मासको मैदानमा बार्सिलोनाले २-० को जित निकालेको हो । डानी ओल्मोले ६२औं तथा फेरान टोरेसले इन्जुरी समयमा गोल गरेका थिए ।
जितपछि २५ खेलबाट ५४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा कायमै रहेको छ ।
अर्को खेलमा भ्यालेन्सियाको मैदानमा एट्लेटिकोले ३-० को जित निकाल्यो । एट्लेटिकोको जितमा जुलियन अल्भारेजले २ तथा एन्जेल कोरियाले १ गोल गरे ।
१२औं र ३०औं मिनेटमा अल्भारेजले गोल गरेका थिए भने ८६औं मिनेटमा कोरियाले गोल गरे । जितपछि एट्लेटिको ५४ अंकसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4