+

फुटबल प्रशिक्षक श्रेष्ठको निधन

२०८१ फागुन  ११ गते १०:३५ २०८१ फागुन ११ गते १०:३५
फुटबल प्रशिक्षक श्रेष्ठको निधन

११ फागुन, काठमाडौं । फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ । हाल एनआरटी क्लबको प्रशिक्षण हेरिरहेका श्रेष्ठको आइतबार विहान निधन भएको हो ।

उनले नेपालको उमेर समुहको राष्ट्रिय टिम प्रशिक्षण गरिसकेका थिए भने हाल ए डिभिजन क्लब एनआरटीको प्रशिक्षक थिए । उनले अन्य डिभिजन क्लबहरूको पनि प्रशिक्षण गरिसकेका छ्न् ।

उनको निधन भएको एनआरटी क्लबले पुष्टि गरेको छ । उनी नेपाली फुटबलको खम्बा भएको उल्लेख गर्दै क्लबले नेपाली फुटबलमा अमूल्य योगदान दिएका व्यक्ति गुमाउँदा दु:ख व्यक्त गरेको छ ।

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै क्लबले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

हरिओम श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय