+
+
Shares

कांग्रेसका मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस्, हामी खबरदारी गर्छौं : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते ११:४८

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले मन्त्रिपरिषद्‌मा सहभागी नभएका पार्टीका सांसदहरूले सरकारलाई खबरदारी गरिराख्नुपर्ने बताएका छन्।

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सांसद कोइरालाले नेपाली कांग्रस सत्तापक्ष भएपनि सरकारमा नरहेको अभिव्यक्ति दिएका थिए । कोइरालाको उक्त अभिव्यक्तिपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको अनुमान गर्न थालिएको थियो ।

तर, कोइरालाले आफ्नो अभिव्यक्तिबाट गठबन्धनमा समस्या भएको भन्न नखोजेको बताएका छन् ।

‘मैले त्यसरी भन्न खोजेको होइन । हामी एमाले र नेपाली कांग्रेसको सरकार छ । करिब–करिब दुई तिहाइको सरकार छ । दुई तिहाइको सरकार चलाउँदा नेपाली कांग्रेस कतै अफ्ठ्यारोमा त पर्दैन भन्ने एउटा छ । हाम्रो भोलिको प्रतिस्पर्धी पनि को हो भन्दा एमाले नै हुन्छ,’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कोइरालाले भनेका छन्, ‘जो साथीहरू मन्त्रिपरिषद्‌मा हुनुहुन्छ, ती साथीहरूले एमालेसँग सहकार्य गर । हामी जो बाहिर छौँ, सत्ता पक्षमा छौं तर बाहिर छौँ । हामी प्रतिस्पर्धी एमाले नै हुन्छ, भोलिको निर्वाचनमा पनि । हामीले खबरदारी गरिरहनु पर्छ । सरकारले राम्रो काम मात्रै गरोस्, गलत काम नगरोस् भन्ने हो ।’

नेता कोइरालाले ०८२ को मंसिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने अधिकांश कार्यकर्ताहरूको चाहना रहेकाले तोकिएको समयमै अधिवेशन गर्न जरुरी रहेको बताए ।

‘नेपाली कांग्रेसको महाधिवेशन ०८२ मंसिरभित्र हुनुपर्छ भन्ने हामी नेपाली कांग्रेसका धेरै कार्यकर्ताहरूको इच्छा छ । ४ वर्षभित्र महाधिवशेन गर्नुपर्छ भन्ने हाम्रो विधानमा छ,’ कोइरालाले अघि भने, ‘तर केही कारणवस रोकियो भने एक वर्ष नेपाली कांग्रेसको विधानले रोक्न सक्नेछ । तर कुनैपनि हालतमा ०८४ को निर्वाचनपछि महाधिवेशन गर्ने केही साथीहरूको तर्क छ, त्यसले नेपाली कांग्रेसलाई कमजोर बनाउँछ, लोकतन्त्र र देशलाई कमजोर बनाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?