
११ फागुन, काठमाडौैं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)को ८ औं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते काठमाडौंमा हुने भएको छ ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी एनप्याब्सनले महाधिवेशनको मिति सार्वजनिक गरेको हो । २०७८ मा बाँकेको नेपालगन्जमा भएको महाधिवेशनपछि एनप्याब्सन दुई समूहमा विभाजित भएको थियो । आइतबार अध्यक्ष सुवास न्यौपानेको समूहले महाधिवेशनको मिति सार्वजनिक गरेको हो ।
नेपालगन्ज महाधिवेशनबाट पाण्डव हमाल र न्यौपानेले १८/१८ महिना अध्यक्षता ग्रहण गर्ने सहमति भएको थियो । तर आफ्नो कार्यकाल सकिएपछि अध्यक्ष हमालले नेतृत्व हस्तान्तरण गरेनन् । त्यसपछि सहमति अनुसार न्यौपानेमा पदबाहली सम्हाले । तर अध्यक्ष हमालले पल छोडेनन् ।
‘७ औं महाधिवेशन २०७८ मा बाँकेमा भयो । सहमतिको आधरामा १८/१८ महिना नेतृत्व सम्हाले भनेका थियौ । १८ महिना पाण्डव सर र १८ महिनामा म हुने सहमति भयो । तर इमानदारिता र नैतिकताको समस्या आयो । अदालतमा मुद्दा गयो तर रिट खारेज भयो । उहाँले अध्यताको दाबी छोड्नु भएन,’ अध्यक्ष न्यौपानेले भने ।
विधान र सहमति अनुसार आफू आधिकारिक अध्यक्ष रहेको बताउँदै अध्यक्ष न्यौपाने समूहले ८ औं महाधिवेशनको घोषणा गर्यो ।
विधानअनुसार राष्ट्रिय महाधिवेसन आयोजक समिति निर्माण गरिएको छ ।
सदस्यता नविकरण तथा प्रमाणिकरण काम भइरहेको एनप्याब्सनले जनाएको छ । २०७८ मा भएको महाधिवेशनमा १७ सय प्रतिनिधि सहभागी रहेकाले त्यति नै संख्यामा यसपटक पनि सहभागी हुने जनाइएको छ ।
यो महाधिवेशनले निजी विद्यालयको हक हित संरक्षण र व्यवस्थित गर्नेमा जोड दिने अध्यक्ष न्यौपानले बताए । ‘मुलुकमा काम गर्ने जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षा हुनुपर्छ । सरकारले बनाएको पाठ्यक्रम र २१ औंं शताब्दीमा विश्व परिवेश अनुसार माटो सुहाउँदो शिक्षामा हाम्रो जोड हो,’ उनले भने ।
२०२८ सालकै शिक्षा ऐनले शिक्षाको विकास सक्भव नरहेको उनको भनाइ छ । ‘५३ वर्षसम्म शिक्षा ऐन पाएको छैन । यो दुःख लाग्दो कुरा हो । राजा महेन्द्रको पालाको ऐन छ । संघीयता आएको ९ वर्ष भयो तर ऐन आएन,’ उनले भने ।
एनप्याब्सनले शिक्षक कर्मचारीको सुरक्षामा पनि काम गर्ने उनले बताए ।
प्रतिक्रिया 4