+
+
Shares

लिबाङमा कांग्रेसको शक्ति प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १४:५१

११ फागुन, काठमाडौं। नेपाली कांग्रेस रोल्पाले दोस्रो जिल्ला सम्मेलन सुरू हुनुअघि शक्ति प्रदर्शन गरेको छ ।

सभाअघि रोल्पा कांग्रेसले पञ्चे बाजासहितको र्‍याली निकालेको छ भने जीप, बस, मोटरसाइकलमा कार्यकर्ता ल्याएर कांग्रेसले शक्ति प्रदर्शन गरेको हो।

कार्यक्रमको मुख्‍य अतिथि कांग्रेसका महामन्त्री गगन थापा छन् । उनलाई पञ्चे बाजासहित स्वागत गरिएको थियो । कार्यक्रमका लागि जिल्लाभरबाट कांग्रेसका कार्यकर्ता लिबाङमा भेला भएका छन्।

रोल्पाको १० पालिकामध्‍ये दुई रुन्टीगढी र सुकीदहमा कांग्रेसले जितेको थियो ।

हेर्नुहोस् तस्वीरहरू :

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?