+
+
Shares

माओवादीलाई बास्कोटाले भने- व्यवस्था कि सरकार बदल्ने कित्ता क्लियर गर्नू

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १५:०८
फाइल तस्वीर

११ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई कित्ता क्लियर गरेर अघि बढ्न आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले धेरै गम्भीरतापूर्वक उठेको छ । माओवादीले आफ्नो कित्ता क्लिएर गरोस् । दक्षिणपन्थी यात्रा हो कि, समाजवादी यात्रा हो ? व्यवस्था बदल्न खोजेको हो कि सरकार बदल्न खोजेको हो ?,’ उनले भने ।

साथै, उनले विसं २००७ यता कांग्रेस एमाले सरकारमात्रै नभइ संस्था नै बनेको जिकिर गरे ।

‘यो संस्था बन्यो, कांग्रेस–एमाले २००७ सालदेखि यता, यो सरकारमात्रै होइन, संस्था बन्यो नेपाली राजनीतिको, त्यति कुरा ख्याल गरेर चल्दिनका निम्ति अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?