+
केपी ओली कप फुटबल :

एन्जलल दुई पेनाल्टी रोकेपछि ब्ल्याक बुल्सलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

२०८१ फागुन  ११ गते १८:४१ २०८१ फागुन ११ गते १८:४१
एन्जलल दुई पेनाल्टी रोकेपछि ब्ल्याक बुल्सलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

११ फागुन, काठमाडौं । उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा हराउँदै एपीएफ एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलको ट्राइब्रेकरमा ब्ल्याक बुल्सलाई ४–३ ले हराउँदै एपिएफले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपीएफका गोलकिपर एन्जल श्रेष्ठ नायक बने । उनले ब्ल्याक बुल्सका दुई प्रहार बचाउँदै खेल आफ्नो पक्षमा पारे ।

पराजित भएको ब्ल्याक बुल्सले गत माघमा पोखरामा भएको २४औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो । अब एपीएफले सेमिफाइनल प्रवेशका लागि संकटा क्लबसँग खेल्नेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको दोस्रो दिन सोमबार दुई खेल हुनेछ ।

पहिलो खेल साढे ११ बजे नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुनेछ । दोस्रो खेल दिउँसो ३ बजे आयोजक केपी ओली एफसी र न्यूरोड टिमबिच प्रतिष्पर्धा हुने तालिका छ ।

फागुन १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

केपी ओली कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय