+
+
Shares

फिल्म ‘ताण्डवम्’ले ल्यायो गीत ‘बहँदा बहँदै’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १९:४८

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक भएको छ । गीतमा हर्क साउदको शब्द रचना र सुशान्त गौतम संगीत तथा स्वर अनि रिकेश गुरुङको एरेञ्ज छ ।

सेन्सर समस्याले गर्दा फिल्म पहिलो दिन न्यून शोमा रिलिज भएको थियो । दोस्रो दिन शनिबार धेरै हलले सन्तोषजनक शो दिएका थिए । ती शोजमा दर्शकीय उपस्थिती राम्रै देखियो ।

निर्देशक जुनिम गहतराजले पाएको शोमा रामैै्र संख्यामा दर्शक आएको बताए । ‘हामीले पाएको शोमा जति दर्शक आउनुभयो, दर्शकले फिल्मको सस्पेन्स थ्रिलर पार्टलाई रुचाउनुभएको छ’ उनले भने, ‘राम्रो प्रतिक्रिया पाएकाले अकुपेन्सी बढ्ने अपेक्षा छ ।’

सकारात्मक प्रतिक्रियाले राम्रो फिल्म बनाउन हौसला मिलेको उनले बताए । फिल्ममा पुस्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ ।

फिल्मले एक नवविवाहित दम्पतीको कथाको भन्छ जसको जीवनमा आउने उतारचढावको कथा यसमा छ । सिंहदेवी प्रोडक्सनले भिजुअल आट्र्स स्टुडियोको सहकार्यमा फिल्म निर्माण भएको गरेको हो ।

निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक छ । कथा, पटकथा र संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?