+
आईसीसी च्याम्पियन्स ट्रफी :

पाकिस्तानलाई हराउँदै भारत सेमिफाइनल नजिक, कोहलीले बनाए शतक

२०८१ फागुन  ११ गते २२:२२ २०८१ फागुन ११ गते २२:२२
पाकिस्तानलाई हराउँदै भारत सेमिफाइनल नजिक, कोहलीले बनाए शतक

११ फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । भारतका लागि विराट कोहलीले अविजित शतकीय पारी खेले । कोहली १११ बलमा ७ चौकासहित १०० रनमा अविजित रहे ।

त्यस्तै श्रेयस अय्यरले ५६ तथा शुभमन गिलले ४६ रन बनाए । पाकिस्तानका शाहीन अफ्रिदीले २ विकेट लिँदा अबरार अहमद र खुशदिल शाहले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९.४ ओभरमा अलआउट हुँदै २४१ रन बनाएको थियो । सौद शकीलले ६२ तथा कप्तान मोहम्मद रिजवानले ४६ रन बनाए ।

भारतका लागि कुलदीप यादवले ९ ओभरमा ४० रन दिएर ३ विकेट लिए । हार्दिक पान्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले १-१ विकेट लिए ।

योसँगै भारतले समूह ए मा भारतले २ खेलमा ४ अंक जोडेको छ । सोमबार हुने खेलमा न्युजिल्याण्डले बंगलादेशलाई हराएमा पाकिस्तान र बंगलादेश बाहिरिनेछन् ।

आईसीसी च्याम्पियन्स ट्रफी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय