+
+
Shares

सशस्त्र प्रहरी बल विधेयकमाथि संसदमा छलफल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १०:३१

१२ फागुन, काठमाडौं । प्रतिनिधि सभामा आज (सोमबार) सशस्त्र प्रहरी बल विधेयकमाथि सैद्धान्तिक छलफल हुँदैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्नु अगाडि सभामा विधेयकको सैद्धान्तिक पक्षमा छलफल हुनेछ ।

यो विधेयक गृहमन्त्री रमेश लेखकले गत माघ २७ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए । विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि सांसदहरूले संशोधन हाल्न पाउँछन् । संशोधनका लागि सांसदहरूलाई ७२ घण्टाको समय उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?