+
+
Shares

हजारौं दर्शकमाझ गुञ्जियो ‘प्रमोद एण्ड परम्परा’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १२:४६

काठमाडौं । गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘परम्परा’ देशब्यापी सांगीतिक टूरमा ब्यस्त छ । विराट चोकमा आयोजना गरिएको विराट एक्स्पोमा शनिबार हजारौं दर्शकमाझ ब्याण्ड गुञ्जियो ।

प्रमोद र उनको ब्याण्डले राती १० देखि १२ बजेसम्म ननस्टप दर्शकलाई नचाए । लगातार २ घण्टा दर्शक ब्याण्डको संगीतमा झुमे । प्रमोदले आफ्ना हिट ट्रयाकमा दर्शकलाई झुमाएका थिए ।

कन्सर्टमा १५ हजारभन्दा धेरै दर्शक रहेको प्रमोदले बताए । ‘हजारौं दर्शकमाझको प्रस्तुति निकै राम्रो भयो’ अनलाइनखबरसँग उनले भने, ‘विराट एक्स्पोमा शनिबारको यो भीड अहिलेसम्मकै उच्च हो ।’

टूरको यो छैटौं कन्सर्ट हो । यसअघि इलाममा दुई, सौराहा, सुनसरी, झापा र मोरङमा एक-एक प्रस्तुति दिइसकेको छ । यसअघि एकलरुपमा प्रस्तुति दिँदै आएका खरेलले पछिल्लो समय ब्याण्डसँगै जोडिएर प्रस्तुति दिइरहेका छन् ।

नेपालमा लोकरक ब्याण्डले सुरुदेखि प्रस्तुति दिइरहेपनि पछिल्ला दिनमा मेलाडी, लोक फ्युजनसहित ‘प्रमोद एण्ड परम्परा’ मूलधारको संगीतमा सक्रिय छ । ब्याण्डले बुधबार शिवरात्री अवसरमा काठमाडौंमा प्रस्तुति दिने तयारी छ ।

अब हुने कन्सर्टअघि नयाँ गीत सार्वजनिक गर्ने तयारीमा ब्याण्ड छ । ‘गीत रिलिज भएपछि मात्र कन्सर्टलाई निरन्तरता दिन्छौं’ खरेलले भने । टूर सुरु गर्नुअघि प्रमोदले माघ अन्तिम साता नयाँ गीत ‘लै लै लै’ सार्वजनिक गरेका थिए ।

ब्याण्डले फागुन २ देखि टूर सुरु गरेको थियो । यसैवर्षदेखि प्रमोदले आफ्नो ब्याण्डलाई सक्रिय तुल्याएका हुन् । ब्याण्डले साउदी अरबको जेद्दा, नेपालको भैरहवा, लेखनाथ पोखरा, तनहुँको डुम्रे र भारतको सिक्किममा प्रस्तुति दिइसकेको छ ।

ब्याण्डको लिड भोकलिस्टमा प्रमोद स्वयम छन् । लिड गिटारिस्टमा देवाशिष तामाङ, बेस गिटारमा कुशल थापा, किबोर्डमा राहुल भुजेल, ड्रममा भुपेन रसाइली, मादल जेपी जोशी र बाँसुरीमा संजीव मैनाली छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?