+
+
Shares

काठमाडौंको सडक विस्तारविरुद्ध संघर्ष गर्छौं : राजेन्द्र महतो

‘चुरे दोहन र वन विनाशविरुद्ध पनि संघर्ष हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १६:१०

१२ फागुन, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले काठमाडौंमा भइरहेको सडक विस्तारको विरुद्धमा संघर्ष गर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा उनले यस्तो बताएका हुन् ।

‘उपत्यकाको गैरन्यायिक सडक विस्तार खोला नदी मापदण्डविरुद्धको संघर्ष आदि संघर्षमा हाम्रो सहभागिता भइरहेको छ,’ महतोले भने ।

साथै, उनले चुरे दोहन, वन विनाश तथा मधेस सरकारको बेथितिविरुद्ध संघर्ष गर्ने बताए ।

चुरे दोहन, वन विनास तथा मधेश सरकारको वेथितिविरुद्ध पार्टीले गरेको आन्दोनलका विषयमा परिषद् बैठकमा छलफल हुने उनको भनाइ थियो ।

‘संघर्षहरूको सम्बन्धहरूमा हामी यहाँ छलफल गर्छौँ । आगामी दिनमा गरिने संघर्षका बारेमा हामी आवश्यक निर्णय लिन्छौँ । त्यस्तै, कोशी प्रदेश नाम खारेजीको संघर्ष,’ महतोले भने, ‘मधेश सरकारको बेथितिविरुद्धको संघर्ष, चुरे दोहन गिटी बालुवा उत्खनन तथा वन विनाशविरुद्धको संघर्ष, बागमती प्रदेश नाम खारेजीको संघर्ष ।’

विस्तारित बैठकमा अध्यक्ष महतो लगायत केन्द्रिय परिषद सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

विविध विषयमा छलफल तथा निर्णय गर्न सोमबार बसेको परिषद् बैठक मंगलबारसम्म जारी रहने पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?