+
+
Shares

स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित गर्ने काम भइरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य बीमा कार्यक्रम सुधारको लागि गठित कार्यदलको प्रतिवेदनको आधारमा कार्ययोजना निर्माण गरेर सुधार गर्दै जाने स्वास्थ्यमन्त्री पौडेलले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १७:३४

१२ फागुन, काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित गर्न काम भइरहेको बताएका छन् ।

संसद् भवनबाट बाहिरिने क्रममा सोमबार सञ्चारकर्मीसँग मन्त्री पौडेलले बीमा कार्यक्रममा देखिएका विकृति हटाउने गरी काम भइरहेको र अहिलेसम्म दुई चरणको काम सम्पन्न भएको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् तोसिमा कार्कीले स्वास्थ्य बीमा कार्यक्रमबारे मन्त्री पौडेलले केही दिनअघि दिएको अभिव्यक्तिको आलोचना गर्दै पदबाट राजीनामा मागेकी थिइन् ।

मन्त्री पौडेलले केही दिनअघि एक कार्यक्रममा बजेटमा व्यवस्था गरेभन्दा ज्यादै धेरै दावी आउने गरेकाले बीमाबापतको रकम भुक्तान गर्न नसकिने अवस्था रहेको भन्दै यही अवस्था रहे कार्यक्रम अगाडि बढाउन नसकिने अवस्था आउन सक्ने बताएका थिए । उनले बीमाको रकम भुक्तानी दावी गरिँदा बेथिति रहेको भन्दै त्यसमा सुधारको आवश्यकता औंल्याएका थिए ।

सांसद कार्कीले पदबाट राजीनामा मागेपछि सञ्चारकर्मीले यसबारेमा मन्त्री पौडेलसँग प्रतिक्रिया मागेका थिए । उनले स्वास्थ्य बीमा कार्यक्रम हटाउन लागिएको नभई यसमा रहेको विकृति अन्त्यको लागि काम भइरहेको बताए ।

उने स्वास्थ्य बीमा कार्यक्रम सुधारको लागि सुझाव दिन गठन गरेको कार्यदलले प्रतिवेदन बुझाइसकेको जानकारी दिंदै विज्ञ सम्मिलित समितिको प्रतिवेदनको आधारमा कार्ययोजना निर्माण गरेर सुधार गर्दै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?