
१२ फागुन, काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि समपूरक र विशेष अनुदान प्रस्ताव गर्ने समय सीमा १५ दिन थपेको छ ।
आइतबार बसेको आयोग बैठकले प्रदेश र स्थानीय सरकारबाट हुने यस्तो प्रस्तावका लागि समय थप गर्ने निर्णय गरेको हो । आयोगले यस वर्ष समपूरक अनुदान र विशेष अनुदान सम्बन्धी कार्यविधि परिवर्तन गरी नयाँ ल्याएको छ ।
सोही अनुसार प्रस्ताव पेस गर्न यसअघि १५ फागुनसम्मको समय राखेर सूचना प्रकाशित गरिएको थियो ।
यसबीच कार्यविधि अनुसार विद्युतीय प्रणालीमा परिवर्तन भएको र प्रदेश तथा स्थानीय सरकारबाट समय थपका लागि आग्रह समेत गरिएका कारण २९ फागुनसम्म थप गरिएको आयोगको निर्णयमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4