+
+
Shares

स्थानीय तह समन्वय विभागमा देउवाले थपे सदस्य

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम सोमबार विभागमा दश सदस्य मनोनीत गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १८:४९

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य थपिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम सोमबार विभागमा दश सदस्य मनोनीत गरेका हुन् । पार्टी केन्द्रीय सदस्य मधु आचार्य विभाग प्रमुख छन् ।

मनोनयन गरिएका सदस्यमा गीता सत्याल (ललितपुर), उमा थापा (बाँके), विनोद यादव (महोत्तरी), रविन राई (मोरङ), डा. हेमराज लामिछाने (चितवन) छन् ।

यसैगरी, पुरुषोत्तम नेपाल (काभ्रेपलाञ्चोक), राजु गुरुङ (गोरखा), बाबुकृष्ण सापकोटा (धादिङ), गोरखबहादुर सुनार (जुम्ला) र निर्प खड्का (कैलाली) पनि विभागको सदस्यमा मनोनीत भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?