+
+
Shares

तुलसीपुर उद्योग वाणिज्य संघलाई मुक्तिनाथ विकास बैंकको ५१ हजार सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते २०:०२

काठमाडौं । मुक्तिनाथ विकास बैंकले तुलसीपुर बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्न ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई सघाउन उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

उक्त सहयोगले तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि तथा दुर्घटना न्यूनीकरणमा सघाउने विश्वास बैंकले गरेको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनय केसी, संघका पदाधिकारी, तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख लगायतको सहभागितामा बैंकका तुलसीपुर शाखा प्रमुख सरोजकुमार लामिछानेले चेक हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?