+
+
Shares

एकीकृत समाजवादीको अनेरास्ववियूमा समानान्तर भेला

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूमा समानान्तर गतिविधि चल्न थालेका छन् । सोमबार संस्थापन पक्षले आरआर क्याम्पसमा तथा अर्को पक्षले क्याथफोर्ड कलेजमा भेला आयोजना गर्‍यो।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते २०:४२

१२ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूमा सोमबार पनि समानान्तर भेला भएको छ ।

संस्थापन पक्षले आरआर क्याम्पसमा उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला गर्‍यो । विद्यार्थी इन्चार्ज रामकुमारी झाँक्री र सहइन्चार्ज भीम राईकै उपस्थितिमा भेला गरिएको थियो ।

झाँक्री इन्चार्ज भएर आएपछि यो समूहले तत्कालीन महासचिव महेश श्रेष्ठको अध्यक्षतामा नेतृत्व घोषणा गरेको छ ।

संस्थापन पक्षले आरआर क्याम्पसमा सोमबार आयोजना गरेको उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला ।

तर, अर्काे पक्षले क्याथफोर्ड कलेजमा भेला गरेको छ । यो पक्षले आरती लामालाई साथ दिंदै आएको छ । अपानिबाट लामालाई अनेरास्ववियूको अध्यक्ष हटाइएको भन्दै यो समूहले लगातार समानान्तर गतिविधि गर्दै आएको छ ।

यो पक्षले गत ५ फागुनमै समानान्तर नेतृत्व घोषणा गर्ने तयारी गरेको थियो । तर, पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीको केन्द्रीय कमिटी बैठकसम्म कुर्न आग्रह गरेपछि यो समूहले समानान्तर गतिविधि मात्र गर्दै आएको छ ।

अर्काे पक्षले क्याम्पसमा सोमबार आयोजना गरेको उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?