१३ फागुन, काठमाडौं । पाकिस्तानमा जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत आज समूह बी को खेल हुँदै छ । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच दिउँसो पौने ३ बजेदेखि रावलपिण्डीमा खेल सुरु हुनेछ ।
दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको थियो भने अस्ट्रेलियाले इंग्ल्याण्डलाई हराएको थियो । यस खेल जितेमा सेमिफाइनल सम्भावना बलियो हुनेछ ।
समूह ए बाट भने भारत र न्युजिल्याण्डले एक खेलअगावै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । आयोजक पाकिस्तानसँगै बंगलादेश बाहिरिएका छन् ।
मार्च ९ सम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता छ । ८ टोलीहरूलाई दुई समूहमा विभाजित गरिएको छ ।
समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् ।
हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
प्रतिक्रिया 4