+

वाकओभर पाएर पुनर्वास बी कैलाली प्रिमियर लिग क्रिकेटको फाइनलमा

२०८१ फागुन  १३ गते १५:३२ २०८१ फागुन १३ गते १५:३२
वाकओभर पाएर पुनर्वास बी कैलाली प्रिमियर लिग क्रिकेटको फाइनलमा

१३ फागुन, काठमाडौं । धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग क्रिकेटको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि कञ्चनपुरको पुनर्वास नगरपालिका बी फाइनलमा प्रवेश गरेको छ ।

टस समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास नगरपालिका बी फाइनलमा प्रवेश गरेको जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष विक्रम बिस्टले जानकारी दिए ।

प्रधानमन्त्री कपको प्रदेश छनोटका लागि खेलाडीहरु बैतडी गएपछि खेलाडी अपुग भएर सेमिफाइनल छोड्नुपरेको गोदावरी नगरपालिकाको टिमका म्यानेजर रमेश कडायतले बताए ।

आजै दोस्रो सेमिफाइनलमा बाजुराको त्रिवेणी नगरपालिका र कञ्चनपुरको भिमदत्त नगरपालिकाका बीचमा भइरहेको छ । फाइनल खेल भोलि हुनेछ ।

कैलाली प्रिमियर लिग क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय