+
+
Shares

मौद्रिक नीति समीक्षा सार्वजनिक, असल कर्जाको ‘प्रोभिजन’ दर घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते २०:२३

१३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गरेको छ ।

सार्वजनिक व्यवस्था अनुसार असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारिएको छ । यसअघि यस्तो दर १.१ प्रतिशत थियो ।

भाखा नाघेको १ महिनासम्मको कर्जालाई असल कर्जाका रुपमा व्याख्या गरिँदै आएको छ । सो कर्जामा बैंकहरुले अब १ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्नेछ । यसले बैंकहरूको प्रोभिजन रकम केही घट्न सहयोग पुग्नेछ ।

मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?