+
+
Shares

समीर भट्ट स्टारर ‘बलिदान’ दशैंको फूलपातिमा रिलिज हुने

रिलिज डेटबारे चाँडै टिजर वा पोस्टरमार्फत औपचारिक जानकारी दिने तयारी छ । ‘दशैं फूलपातिमा आउने निश्चित भयो । सोहीअनुसार हामी प्राविधिक कार्यक्रममा अघि बढेका छौं’ सेनले अनलाइनखबरसँग भने ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते १९:५३
बायाँबाट सहनिर्माता प्रेम पुरी, अभिनेता समीर भट्ट र निर्देशक सन्तोष सेन ।

काठमाडौं । समीर भट्ट स्टारर फिल्म ‘बलिदान’ आगामी दशैंको फूलपातिमा रिलिज हुने भएको छ । निर्देशक सन्तोष सेनले मंगलबार प्रदर्शन मिति टुंगो लागेको बताए ।

रिलिज डेटबारे चाँडै टिजर वा पोस्टरमार्फत औपचारिक जानकारी दिने तयारी छ । ‘दशैं फूलपातिमा आउने निश्चित भयो । सोहीअनुसार हामी प्राविधिक कार्यमा अघि बढेका छौं’ सेनले अनलाइनखबरसँग भने ।

उनले फिल्ममा प्रशस्त भीएफएक्स लगायतका दृश्य सम्पादन र निर्माण गर्नुपर्ने भएकाले दशैंअघि आउन समय अवधि छोटो हुने भएकाले फूलपाति नै कन्फर्म गरेको बताए । ‘प्राविधिक कार्यमात्र होइन फिल्मको माहोल पनि हेरेर उक्त मितिमा आउने निर्णयमा हामी पुग्यौं’ उनले भने ।

४ महिना लगाएर फिल्मको छायांकन फागुन पहिलो साता सकिएको थियो । यो एक्सन र पलिटिकल ड्रामामा विराज भट्टका छोरा समीरको शीर्ष भूमिका हुनेछ । समीरको डेब्यु फिल्म ‘१२ गाउँ’ पछिल्लो दशैंमा रिलिज भएको थियो ।

फिल्ममा समीरसहित ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव, कामेश्वर चौरसिया लगायतको अभिनय छ । दक्षिण भारतीय स्टन्डर सामले एक्सन कोरियोग्राफी गरेका छन् । फिल्ममा पवन ब्राडफोर्ड बिष्ट निर्माता र प्रेम पुरी सहनिर्मातामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?