+
+
Shares

साइनबोर्ड कर नउठाउन बुटवलका उद्योगी व्यवसायीको माग

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाललाई ५ बुँदे ज्ञापनपत्र बुझाउँदै व्यसायीहरूले कर उठाउने नाममा निजी कम्पनीको ज्यादति तत्काल रोक्न माग गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते १५:०२

१३ फागुन, बुटवल । उद्योग–व्यवसाय चिनारीका लागि घर र पसलमा राखिएका साइन बोर्डको कर अव्यावहारिक भएको भन्दै कर नउठाउन बुटवलका चार व्यावसायिक संस्थाले माग गरेका छन् ।

रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बुटवल र रुपन्देही उद्योग संघले बुटवल उपमहानगरपालिकासँग यस्तो माग गरेका हुन् ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाललाई ५ बुँदे ज्ञापनपत्र बुझाउँदै व्यसायीहरूले कर उठाउने नाममा निजी कम्पनीको ज्यादति तत्काल रोक्न माग गरेका हुन् ।

बुटवल उपमहानगरले गणेश एन्ड सन्स कन्स्ट्रक्सन (बुटवल–१३) लाई ठेक्का दिएर साइनबोर्ड कर उठाइरहेको छ ।

कोभिड महामारीको असर र आर्थिक मन्दीको मारमा मुलुक गुज्रिरहेको विषम परिस्थितिमा व्यवसायीमाथि दोहोरो, तेहोरो कर, चर्को घर भाडा र बहाल करले व्यवसायी पलायन हुने अवस्थामा साइनबोर्ड राखेको समेत कर असुल्नु गलत भएको व्यावसायीक संस्थाहरुको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत खनालले उपमहानगरले ऐन कानुन अनुसार नै कर उठाइएको भन्दै ठेकेदार कम्पनीबाट भएको व्यवहारबारे व्यवसायीसँग छलफल गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?