
१४ फागुन, गुल्मी । गुल्मी जिल्लाका ७ स्थानीय तहले मगर एकता दिवसको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती, गुल्मीदरबार, छत्रकोट, मालिका गाउँपालिका र रेसुङ्गा नगरपालिकाले मगर संघ स्थापना भएको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् ।
१२ वटा स्थानीय तह रहेको गुल्मीमा ७ वटा स्थानीय सरकारले ४३औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्थानीय सरकारले छुट्टा–छुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।
सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।
स्थानीय सरकारले दिवसको अवसरमा सार्वजनिक बिदा दिए पनि औपचारी कार्यक्रमहरु भने गर्ने गरेको पाइएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4