+
+
Shares

मगर एकता दिवसमा प्यूठानका ४ पालिकामा सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १४ गते ८:२९

१४ फागुन, प्यूठान । ४३औं मगर एकता दिवसको अवसरमा फागुन १५ गते प्यूठानका पाँच गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

जिल्लाको सरुमारानी, मल्लरानी, ऐरावती,  र गौमुखी गाउँपालिकाले मगर संस्कृतिप्रति सम्मान जनाउँदै बिदा दिएका हुन् ।

सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकका अनुसार मगर एकता दिवसलाई हर्षोल्लासका साथ मनाउन बिदा दिइएको हो ।

ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले मगर समुदायको सांस्कृतिक पहिचानलाई सम्मान गर्न यो निर्णय गरिएको बताए ।

यस अवसरमा गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था, र स्वास्थ्य संस्थाहरू बन्द रहनेछन् । प्यूठानका मगर बाहुल्य क्षेत्रमा सांस्कृतिक झाँकी, परम्परागत नृत्य, तथा विविध कार्यक्रमहरू आयोजना हुँदैछन्। मगर समुदायले मौलिक परम्परा झल्काउने विविध कार्यक्रम गरी दिवस मनाउने तयारी गरेका छन् ।

गुल्मीमा पनि ७ स्थानीय तहले मगर एकता दिवसको अवसरमा बिदा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?