+
+
Shares

२ दिनभित्र विदेशी सहायता पुन: सुरू गर्न ट्रम्पलाई अदालतको आदेश 

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १४ गते १०:१९

१४ फागुन, काठमाडौं । अमेरिकाको एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई विदेशी सहायता पुनः सुरु गर्न २ दिनको समयसीमा दिएको छ । समाचार संस्था रोयटर्सका अनुसार सुनुवाइका क्रममा अमेरिकी जिल्ला न्यायाधीश अमिर एच. अलीले २ हप्ता अगाडि नै आदेश दिइएको भए पनि प्रशासनले त्यसलाई पालना नगरेको आरोप लगाएका छन् ।

अदालतले ट्रम्प प्रशासनलाई अनुदान, ऋण र अन्य वित्तीय सहायता रोक्दै संघीय कोषमा व्यापक स्थगन लगाउने आदेश कार्यान्वयन गर्नबाट रोक लगाउने आफ्नो आदेश विस्तार गरेको हो ।

अदालतले ट्रम्प प्रशासनको खर्च रोक्ने निर्णयलाई अस्थायी रूपमा अवरोध गरेपछि केही कोष खोलिए पनि प्रशासनले पुनः वित्तीय सहायता रोक्ने प्रयास गर्ने जोखिम रहेको आदेशमा उल्लेख छ ।

राष्ट्रपति ट्रम्पले जनवरी २० मा शपथ लिएपछि कार्यकारी आदेश जारी गर्दै इजरायल, इजिप्ट र खाद्य सहायता कार्यक्रम बाहेक सबै विदेशी सहायता रोकेको घोषणा गरेका थिए।

यसले गरिब राष्ट्रहरूलाई दिइने स्वास्थ्य सहायता समेत रोकिएको थियो । यस आदेशपछि शिक्षा, स्वास्थ्य, विकास, रोजगारीका कैयौं परियोजनाहरू ठप्प भएका छन् । ती सबै परियोजनाको प्रमुख वित्तिय स्रोत अमेरिका नै रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?